हाम्रो मिशन

लक्ष्य र दृष्टि

दृष्टि  बागमती प्रदेशका ग्रामीण क्षेत्रलाई सुरक्षित, सहज, भरपर्दो र दिगो सडक सञ्जालमा जोडी स्थानीय कृषि उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, आर्थिक–सामाजिक रूपान्तरण र गरिबी निवारणमा योगदान पुर्याउने। गुणस्तरीय ग्रामीण सडक तथा पुल पूर्वाधार निर्माणमार्फत ग्रामीण जनजीवनलाई सहज र समृद्ध बनाउने। लक्ष्य  ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने। ग्रामीण क्षेत्रको यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउने। गरिबी निवारणमा सहयोग पुर्याउने। स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने। विकासको पूर्वाधार निर्माण गर्ने। ग्रामीण सडकहरूको अध्ययन, स्तरोन्नति तथा पुल निर्माणका लागि रणनीति विकास र कार्यान्वयन गर्ने। निर्दिष्ट जिल्लाहरूमा निर्माण कार्यक्रमहरूको प्रभावकारी व्यवस्थापन गर्ने। स्थानीय समुदाय, अधिकारी तथा सरोकारवालाहरूसँग सहकार्य र सहभागिता सुनिश्चित गर्ने। निर्माण कार्यलाई सुरक्षा र गुणस्तर मानक अनुरूप सम्पन्न गर्ने। योजनाहरूको अनुगमन, निरीक्षण तथा मूल्यांकन गरी तोकिएको समयमा सम्पादन गर्ने। स्थानीय अर्थतन्त्र र जीविकोपार्जनलाई सहयोग गर्ने। वातावरणीय प्रभाव न्यूनीकरण र सामाजिक समावेशीकरण प्रोत्साहन गर्ने। परियोजना परिणामको प्रतिवेदन तथा दस्तावेजीकरण गर्ने।