ग्रामीण सडक सञ्जाल सुधार आयोजना, अतिरिक्त लगानी (RCIP-AF)
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, अतिरिक्त लगानी (RCIP-AF) को स्थापना वि.सं. २०८० साल साउन १ गते भएको हो। यो आयोजना बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयको मातहतमा रही सञ्चालनमा रहेको छ। प्रदेश सरकार तथा एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा सञ्चालित यस आयोजनाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका सडकहरूको स्तरोन्नति तथा आवश्यक पुलहरूको निर्माणमार्फत ग्रामीण सडक सञ्जालको विकास, विस्तार र सुधार गर्नु रहेको छ।
यस आयोजनाको कार्यक्षेत्र बागमती प्रदेशका १३ वटै जिल्लामा विस्तारित रहेको छ। तथापि, हाल आयोजनाअन्तर्गत ६ जिल्लामा सडक स्तरोन्नति तथा पुल निर्माणसम्बन्धी कार्यहरू कार्यान्वयन भइरहेका छन्। उक्त जिल्लाहरूमा मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप र चितवन रहेका छन्।