ग्रामीण सडक सञ्जाल सुधार आयोजना-अतिरिक्त लगानी (RCIP-AF), बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत स्थापित आयोजना हो। यस आयोजना वि.सं. २०८०/०४/०१ देखि स्थापना भई कार्यान्वयनमा रहेको छ । यस आयोजनाले एसियाली विकास बैंक (ADB) को ऋण सहयोग र बागमती प्रदेश सरकारको लगानीमा; बागमती प्रदेशका ग्रामीण क्षेत्रमा सडक स्तरोन्नति तथा पुल निर्माणका कार्यहरू गर्दै आएको छ।

हाल आयोजनाअन्तर्गत सञ्चालित मुख्य सडक आयोजनाहरू देहायबमोजिम रहेका छन्:

क्र.सं. जिल्ला सडकको नाम
१ सिन्धुली जगाडी-धनसारी-गणेशमान चारनाथ न.पा. (प्रदेश नं. २ जोड्ने) सडक

(PR-BG-102)

२ चितवन फिस्लिङ-तोलाङ-बाँसपुर-ओर्लाङ-मायाटार-तेर्स-उपरदङ्गगढी-शक्तिखोर सडक

(PH-BG-002)

३ दोलखा नयाँपुल-पवाटी-डाँडाखर्क सडक (PR-BG-145)
४ रामेछाप लुभुघाट-बेथान-सुनापति-गा.पा.-गाल्पा दोरम्बा सडक (PR-BG-112)
५ काभ्रेपलान्चोक दोलालघाट-फलाटे-कोल्टी-डाँडाखर्क-चौरीपोखरी-गुरासे सडक (PH-BG-010)
६ मकवानपुर हात्तीसूँडे-शिखरपुर-अम्बास सडक (PH-BG-001)

आयोजनाको मुख्य उद्देश्य ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोडी यातायातलाई सहज, सुरक्षित र भरपर्दो बनाउनु, स्थानीय कृषि उत्पादनको सहज बजारीकरणमा सहयोग पुर्याउनु, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्नु, गरिबी निवारणमा योगदान पुर्याउनु र विकासको पूर्वाधार निर्माण गर्नु रहेको छ। आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली, २०७७, प्रदेश आर्थिक कार्यविधि ऐन, २०७६, प्रदेश सार्वजनिक खरिद ऐन, २०८०, वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ लगायतका कानूनी व्यवस्था अन्तर्गत पारदर्शी, जवाफदेही र नतिजामूलक ढंगले कार्य सम्पादन गर्ने प्रतिबद्धता राखेको छ। सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम आयोजनाका सूचनाहरू नियमित रूपमा सार्वजनिक गरिन्छ।